नियम १०
समितिको बैठक तथा निर्णय कार्यान्वयन
(१) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ । (२) समितिको सम्पूर्ण सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ । (३) समितिको बैठकको निर्णयको कार्यान्वयन मन्त्रालयले गर्नेछ ।